
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो ।
४५ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा परेको बागमतीलाई ११७ रनको योगफलसम्म पुर्याउन यशोदा र अस्मिनाले पाँचौ विकेटका लागि नट आउट ७२ रनको साझेदारी गरेका थिए ।
मधेसका लागि पूजाले २ तथा कविता गौतमले १ विकेट लिइन् ।काठमाडौंमा आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् ।
पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने छ ।
यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।