
कपिलवस्तु । कपिलवस्तुको बाणगंग नगरपालिका वडा नम्बर ३ र ४ का १७ कुष्ठरोगी बिरामीहरुलई स्वयम् हेरचाहका सामाग्री प्रदान गरिएको छ । कालिका स्वावललम्बन विकास केन्द्रको आयोजना तथा फेयर मेड नेपालको आर्थिक सहयोगमा उक्त सामाग्री प्रदान गरिएको हो । सामाग्री प्रदान गरिएका बिरामीहरु वडा स्तरिय स्वयम् हेरचाह कृषि समुहका सदस्यहरु पनि रहेका छन ।
सामाग्री प्रदान गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले कुष्ठरोगी बिरामीहरुको प्रोत्साहन र क्षमता विकासको लागि अब वडाले पनि बजेट छुट्टाएर विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनुभयो । हरेक वडावासीको संरक्षण गर्ने कर्तव्य वडाको पनि हुनेभएकाले आफु उक्त कुरामा गम्भिर रहको बताउनुभयो ।
सामाग्री प्राप्त गरिसकेपछि उनीहरुले खुसी व्यक्त गर्दै यस्ता सामाजिक संस्थाहरुको सहयोग प्राप्त भए आफुहरुले पनि समाजको लागि केहि योगदान गर्न सक्ने बताएका थिए । आफुहरुको अभिभावक स्थानिय सरकार भएकाले वडा र नगरले पनि आफुहरुको क्षमता वृद्धि र प्रोत्साहनको लागि बजेट छुट्टाउन माग समेत गरेका थिए ।
कालिका स्वावलम्बन विकास केन्द्रकी सचिव यमुना पन्थीको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्यहरु, वडा सचिव कृष्ण प्रसाद खनाल, गजेहडा स्वास्थ्य चौकिका प्रमुख दोर्ण बेल्वासे लगायतको उपस्थिती रहेको थियो ।