बाणगंगा ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि अभिमुखिकरण कार्यक्रम

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर स्वस्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडालाई पुर्ण संस्थागत प्रसूति सेवा प्रदान गर्नको लागि आवश्यक छलफल तथा अन्तरक्रिया भएको हो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रमले पुर्ण संस्थगत प्रसूति सेवा घोषणाको लागि वडा अध्यक्ष छबि रेस्मि मगरको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले पुर्ण संस्थागत प्रसूति सेवा घोषणका समस्या र समाधान गर्ने उपाय सङ्गै अन्य विविध पक्षको बारेमा अध्यन अनुसन्धान गरेर रिपोर्ट समेत तयार गर्ने छ ।

त्यस्तै अन्तरक्रिया कार्यक्रमले अब केहि दिनभित्र नै वडा भित्रका प्रसूतिहरुको तथ्याङ्क सङ्कलन गर्ने र त्यसलाई लिपिबद्ध गरि थप आगामि योजना र रणनिति बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ ।

गजेहडा स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष छबि रेस्मिको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, वडा सचिव कृष्ण प्रसाद खनाल, महिला स्वयम्सेविका, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गजेहडा स्वास्थ्य चौकि प्रमुख दोर्ण बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation