
बर्दिया । बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको छ । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी तुलसीराम अर्यालले बताए ।
उनीमाथि जबर्जस्ती करणीको अभियोगमा कारागारमा बन्दी जीवन बिताइरहेको उनले जनाए । ०७९ साल जेठ २३ गते जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।