साना किसान कृषि सहकारी संस्था मोतिपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस क्षेत्रका अधिकांश सहकारी उत्कृष्ट रहेको बताउनुभएको छ । पछिल्लो समय केहि सहकारीले गल्ती गर्दा सबै सहकारी प्रति विश्वास घटेको भन्दै सबैलाई एउटै दृष्टिकोण बाट नहेर्न आग्रह गर्नुभयो । शुक्रबार साना किसान कृषि सहकारी संस्था मोतिपुरको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गल्ति गर्ने कसैलाई पनि कानुनले नछाड्ने बताउदै गल्ती गरेका सहकारी सञ्चालकहरु कारबाहिमा परेको उहाँले दाबी समेत गर्नुभयो । नराम्रो काम गरेर बदनाम भएका सहकारीलाई गरेको गालि देखेर हल्लाको पछाडि नलाग्न उहाँले आग्रह समेत गर्नुभयो । राजधानी बाहिरका अधिकांश सहकारी उत्कृष्ट रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले यस क्षेत्रको विकास गर्न आफु सरकारी, सामुदायिक निजि जुन क्षेत्रलाई पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

No description available.

त्यस्तै बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारीले कृषि र उद्यमद्वारा आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । शेयर सदस्य र सञ्चालक दुबै पक्ष सकारात्मक तवर बाट लाग्ने हो भने सहकारी सञ्चालनमा समस्या नहुने बताउनुभयो । नगर भित्र रहेका सहकारी र वित्तिय संस्थाहरुलाई व्यवस्थित गर्न नगर लागिरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले करोडौं रुपैयाँ ऋण लिएर सरकारले मिनाहा गर्नुपर्छ भन्दै हिड्नेको पछाडि नलाग्न आग्रह गर्नुभयो । केहि शेयर सदस्यहरूलाई सम्पुर्ण प्रक्रिया पुरा नगरी ऋण दिएको हल्ला बाहिर आएको भन्दै त्यस प्रति समयमै सचेत हुन सञ्चालकहरुलाइ आग्रह गर्नुभयो । सहकारीले लामो संघर्ष बाट बनाएको भवनको अहिले सहि सदुपयोग नभएको भन्दै त्यसलाई व्यवस्थित गराउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्षको रुपमा रहदा आफु सङ्ग पनि सहकारीको विषयमा विभिन्न समस्या आएको भन्दै त्यस तर्फ सञ्चालक समितिको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै उहाँले कपिलवस्तुमा भारतीय दुध भित्रीएको गुनासो आएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार तिवारी, नेपाल कृषि सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य पदम खनालल, लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिती संयोजक तेज प्रसाद आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले अध्यक्षको प्रतिवेदन राख्दै अहिले सहकारीमा ३ हजार ११५ जना शेयर सदस्यहरु रहेको जानकारी गराउनुभएको थियो ।

सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष राधिका पन्थीको स्वागत र संस्थाका कार्य समिती सदस्य हरिशंकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation