रास्वपा कपिलवस्तुद्वारा मनकला पौडेलको निधन प्रती शोक सभा

पुस ६ कपिलवस्तु रास्ट्रीय स्वतन्त्र पार्टी बाणगङ्गा १ र ४ का सकृय सदस्यद्वय मिनलाल पौडेल (राजु) र भोजराज पौडेल कि ममतामयी माता मनकला पौडेल को असामयिक निधन प्रती सोकाकुल परिवारजन प्रती सान्त्वना सहित समवेदना प्रकट गरिएको छ।

रास्वपा कपिलवस्तु का जिल्ला सभापति शिव कुमार सुवेदी को सभापतित्वमा भएको शोक सभामा पार्टी का निर्वाचन क्षेत्रीय सदस्य बिक्रम थापा,RAT बिभाग का प्रदेश सदस्य देबिलाल कंडेल,बाणगङ्गा नगर सभापति बुद्दिशागर बेल्बासे,वडा नम्बर १,२,३,४,५,७,८ र ११ का सल्लाहकार एबम वडा सभापतिहरु क्रमस कृष्ण प्रसाद घिमिरे ,पदम रेग्मी,शिव प्रसाद पौडेल ,भिम श्रेष्ठ ,धनिस्वर खनाल(सरोज)राम प्रसाद आचार्य ,गोबिन्द जि सि,नारायण खनाल लगायत को उपस्थिति मा शोक सभा सम्पन्न भएको छ।

५८ बर्सको अल्पआयुमा भएको असामयिक निधन ले परिवारजन,आफन्त,इष्टमित्र ,छरछिमेक र सिङ्गो पार्टी गहिरो दुखमा रहेकोले स्वर्गीय पौडेल को आत्माको चिर शान्ति को कामना गर्दै परिवारजन का साथ पार्टी सदैव साथ रहेको समवेदना नगर सभापति बेल्बासे द्वारा प्रकट गरिएको थियो।

कार्यक्रम मा स्वर्गीय पौडेल को तस्बिर स्थापन गरि टीका ,पुस्प अर्पण गरि १ मिनेट मौन धारण गरि जिल्ला सभापति सुवेदी ले शोक मन्तव्य सहित समापन गर्नुभएको थियो।कार्यक्रम को सन्चालन वडा नम्बर १ का सकृय युवा सदस्य बिस्णु खराल ले गर्नुभएको थियो।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation