कपिलवस्तुमा भरुवा बन्दुक पड्काउने शिकारी वन रक्षकको कब्जामा

कपिलवस्तु। कपिलवस्तुको तिलौराकोट साझेदारी वनमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा बिहीवार झडप भएको प्रहीले जनाएको छ।

साझेदारी वनको बि वान सिक्स सि वान सब कम्पाटमेन्टमा पुग्ने क्रममा गस्ती टोलीले बन्दुक पड्किएको आवाज सुनेको थियो । सो पश्चात वन गस्ति टोलीले गोरुसिंङ्गेबाट थप टोली बोलाएर शिकारी समूहलाई घेरा हालेको थियो । सो क्रममा १२/१४ जनाको समूहमा ३/४ वटा बन्दुक सहित रहेका शिकारी टोलीले रेन्जर दिलिप यादव नेतृत्वको गस्ती टोली लक्षित गरि ६/७ राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि गस्ती टोलीले शिकारीहरू तर्फ ५ राउण्ड हवाई फायर गरेपछि शिकारीहरू भागेका थिए ।

गस्ती टोलीले सोही समूहका बाणगंगा नगरपालिका वडा नम्बर ७ धैरेनीडाडा बस्ने बर्ष ३९ का जंग बहादुर परियारलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका परियारबाट टोलीले भरुवा बन्दुकमा लाग्ने २ राउण्ड गोली बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएका उनलाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा बुझाईएको र उनी उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको सव वन डिभिजन कार्यालय गोरुसिङ्गेका वन अधिकृत बसन्त थापाले जानकारी दिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation