नव आगन्तुक प्रजिअ अर्याललाई कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा स्वागत

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ को आयोजना मा भरखरै कपिलवस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी को रुपमा यहि पुस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएका प्र जि अ विश्व प्रकाश अर्याल ज्यु लाई भब्य स्वागत गरिएको छ। उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रम मा संस्था का पुर्व अध्यक्ष क्रमशः देबि पाण्डे ,बिस्णु प्रसाद न्यौपाने ,उमानाथ पौडेल,नागरिक समाज का अध्यक्ष दोलख बहादुर पछाइ,खानेपानी तथा सरसफाइ का जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाह,शैक्षिक ब्याक्तित्व सयपत्री क्याम्पस का प्रमुख बासुदेव घिमिरे,जेसिस का पुर्व अध्यक्ष गुरुदेव पौडेल,ब्यबसाइ रमेशचन्द्र भुसाल,बुद्दी सागर बेल्बासे,तिलकराम पाण्डे लगायत उद्योग बाणिज्य संघका विभिन्न तहगत जिम्म्मा रहनुभएका कार्यसमितिको भब्य उपस्थिति मा स्वागत कार्यक्रम भएको छ।

संस्थाका अध्यक्ष डोलकराम घिमिरे को अध्यक्षतामा भएको कार्यक्रम मा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सबै उद्योगि ब्यबसाइ का साथ आम नागरिक लाई अमन चयन र शान्ति महसुस हुने गरि जिल्ला को प्रसासनिक निकायलाइ राख्न कपिलवस्तु उद्योग बाणिज्य संघ संग हातेमालो गरि अगाडि बढने कुरा व्यक्त गर्नुभएको थियो।

कार्यक्रम मा नागरिक समाज का अध्यक्ष दोलख बहादुर पछाइ,पुर्व अध्यक्ष बिश्णु प्रसाद न्यौपाने ,देबि पाण्डे ,उमानाथ पौडेल लगायत ले यश क्षेत्र का समसामयिक समस्या र समाधानका बिषय मा जानकारी गराउदै नव आगन्तुक प्रमुख जिल्ला अधिकारी ज्यु बाट सबै कुरामा पुर्ण सहयोग प्राप्त हुने आशा ब्यक्त गर्दै स्वागत सम्मान मन्तव्य राख्नुभएको थियो।

उपस्थित सबैले आआफ्नो संक्षिप्त परिचय सहित गरिएको कार्यक्रम को संचालन कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation