
कपिलवस्तु । शिव मन्दिर सामुदायिक बनले १ करोड १७ लाख ३० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । शनिवार बन कार्यालको प्राङ्गणमा भाएको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष झलक मल्ल ठकुरीले उक्त बजेट पेश गर्नुभएको हो ।
बजेट प्रस्तुत गर्दै अध्यक्ष ठकुरीले अहिले सामुदायिक बनमा १ हजार ३५९ उपभोक्ता रहेको जानकारी गराउनुभयो । वन व्यवस्थापन, वन विकास, वन संरक्षण गरिवी न्युनिकरण तथा महिला सशक्तिकरण, समुदायको हित लगायतका शिर्षकमा विभिन्न कार्यक्रम ल्याएको भन्दै ति कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका मेयर चक्रपाणी अर्यालले सामुदायिक वनहरुले स्थानीय सरकार सङ्ग सहकार्य नगरेको बताउनुभयो । नियम कानुनमा स्थानीय सरकार सङ्ग सहकार्य गर्न भने पनि पुरानै परिपाटी अनुसार चल्दा वनको व्यवस्थापनमा असर परिरहेको उहाँले बताउनुभयो । विभिन्न कार्यक्रम गर्दा दक्ष जनशक्ति र प्राविधिकहरुको आवस्यक पर्ने भएकाले वडा र नगर सङ्ग समन्वय गरेर कार्यक्रम गर्न पनि उहाँले आग्रह गर्नुभयो । सामुदायिक वनहरुले अब कार्यक्रम र योजनाहरु ल्याउँदा नया नियम र मापदण्ड अनुसार चल्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगरले वन बाट हामिले फाइदा मात्र लिन खोज्ने तर वन व्यवस्थापनमा चासो नदिएको बताउनुभयो । जुनसुकै वनको पनि संरक्षण गर्नु हामि सबैको दायित्व रहेकोले सञ्चालक समिति र उपभोक्त सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता रास्ट्रिय महासंघ नेपाल की केन्द्रिय अध्यक्ष रेनु सेनले सरकारले दिगो वन व्यवस्थापन भनेपनि दिगो नभएकोले बैज्ञानिक वन व्यवस्थापनको अवधारणा सुरु भएको बताउनुभयो । स्थानीय सरकारले सामुदायिक वनहरु बाट कर मागिरहने तर वनलाई व्यवस्थापन गर्ने तर्फ कत्तिपनि ध्यान नदिएको भन्दै उहाँले आक्रोस समेत पोख्नुभयो । स्थानिय सरकारलाई कर चाहिएमा वनले प्रदेशलाई सरकारलाई बुझाउने २५ प्रतिशत कर बाट माग्न पनि आग्रह गर्नुभयो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता रास्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले सामुदायिक वनको साधारण सभालाई उपभोक्ताले गम्भिर रुपमा लिन आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य टेक बहादुर साहि, भुपु सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम साह, रामजी सेन, पत्रकार पार्वती पाण्डे लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
साधारणले सभाले रेडियो हर्टविटका स्टेसन म्यानेजर अशोक पौडेल लाई प्रेस संयोजकको रुपमा समेत चयन गरेको छ ।
वन उपभोक्ता समितिका उपाध्यक्ष बाबुराम बस्नेतको स्वागत तथा सचिव सञ्जु सेनको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वनका पदाधिकारी, उपभोक्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।