
कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
समग्र जिल्लाको विकासको लागि निजि क्षेत्रका उद्योगि व्यवसायी, सरकारी तथा सामुदायिक क्षेत्रका संघसंस्थाको सहकार्य महत्वपुर्ण रहने उहाँले बताउनुभयो । आफु कपिलवस्तुमा रहँदा सम्म सम्पुर्ण पक्ष सङ्ग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कपिलवस्तुको दक्षिणी क्षेत्र भारत सङ्ग जोडिएकोले सिमा सुरक्षामा हुनसक्ने चुनौतिलाई समाधान गर्न सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रजिअ अर्याल शङ्करहरि आचार्यको सरुवा पछि गत पौस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जिल्लाको आर्थिक अवस्था सुधार गर्न साना देखि ठुला उद्योगि व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहनेभएकाले सहज रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिन प्रजिअ सङ्ग आग्रह गर्नुभयो ।
संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पुर्व अध्यक्षहरु देबि प्रसाद पाण्डे, विष्णु प्रसाद न्यौपाने, उमानाथ पौडेल, नागरिक समाज जिल्ला अध्यक्ष दोलक बहादुर पछाइ, भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राजेन्द्र विक्रम शाह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने महासचिव मनोज पौडेलले गर्नुभएको थियो ।