
दिनेश घिमिरे, कञ्चन ।
रुपन्देहीको सैनामैना वडा न ५, ७ र कञ्चन १ मा पर्ने श्री नमुना सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । २२ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यलय प्रमुख प्रभात सापकोटाले हरियो वन सबैको लागि आवश्यक रहेको बताउदै सामुदायिक वन संरक्षणमा सबै उपभोक्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै विशिष्ट अतिथि कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हरिनारायण थारु , लुम्बिनी प्रदेश महासंघ अध्यक्ष सुमित्रा आचार्यले, वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण गर्न र वनमा काठ तथा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा राजनीतिक दल, समाज सेवी, विभिन्न संघ संस्थाको तर्फबाट शिव पोख्रेल भिमकान्ता न्यौपाने, बालकृष्ण पौडेल , बिजय शर्मा डिभिजन वन कार्यलय मुर्गियाका राजु भण्डारी, चुरामणी पौडेल सल्लाहकार सालिकराम पौडेल देउराली सामुदायिक वनका अध्यक्ष ओम प्रकाश शर्माले आआफ्नो धारण राख्दै ,सामुदायिक वन हरेक वर्गलाई आवश्यक पर्ने भएकोले सामुदायिक वन संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नमुना सामुदायिक वनका अध्यक्ष यम बहादुर कार्कीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख अतिथि विशिष्ट अतिथि उपभोक्ताले दिएको सल्लाह सुझावलाई सधै सम्मान गर्दै काम गर्ने भनाइ राख्नु भएको थियोे । कार्यक्रममा उपभोक्ता, समाज सेवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम उपाध्यक्ष सोभाखर बेलबासेको स्वागत तथा सहसचीव सुकु मल्हको सञ्चालनमा सम्पन्न भएको हो ।