एक महिनादेखि सम्पर्कविहिन गुल्मीका चेतमान मृत अवस्थामा फेला

गुल्मी । गुल्मीमा हराइरहेका एक व्यक्ति एक महिनापछि जंगलमा मृत फेला परेका छन्। गत मंसिर १ गतेदेखि सम्पर्कविहीन भएका रेसुंगा नगरपालिका७ का ६२ वर्षीय चेतमान चुँदारा जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शनिबार जिल्लाको सदरमुकाम तम्घास नजिकैको अर्जुन डाँडाको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। चुँदारा सम्पर्कविहीन भएपछि घरपरिवारले उनको खोजी गरिदिन प्रहरीलाई आग्रह गरेका थिए। चुँदाराले सम्पर्कविहीन हुनुभन्दा पहिले परिवारलाई फोन गरेर आफूलाई नखोज्न भनेका थिए।

उनको शव जंगलमा भेटिएसँगै प्रहरी घटनास्थलमा पुगेको छ। शवलाई मुचुल्का गरेर पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयारी भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation