एमाले तिनाउ गाउँ कमिटीको बैठक सम्पन्न

तिनाउ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), तिनाउ गाउँ कमिटीको बैठक शनिवार पाल्पाको दोभानमा सम्पन्न भएको छ । बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य सिर्जना काफ्लेले पार्टीलाई जनमुखी बनाउँदै लैजानु पर्ने बताउँदै संगठनलाई व्यवस्थापन, परिचालन गरि देशकै नमूना पार्टी बनाउन जोड दिईन् । उनले पार्टीका नेता, कार्यकर्तालाई उत्पादनसँग जोडिँदै समाजोन्मुख गोरेटोमा लाग्नु पर्ने उल्लेख गरिन । पार्टीलाई सुदृढीकरण र शुद्धीकरण गर्दै लैजानु पर्नेमा उनको जोड थियो ।

सक्रियतापूर्वक उद्यमशीलतामा लाग्ने रणनीतिक योजनामा पार्टीलाई अघि सार्न समेत उनले तिनाउ गाउँ कमिटीलाई अनुरोध गरेकी छन् । पार्टीका लुम्बिनी प्रदेश कमिटी, सदस्य दलबहादुर गुरुङले पार्टीमा अनुशासनलाई कायम गर्दै एमालेलाई शालीन र कर्तव्यनिष्ठ पार्टीका रुपमा स्थापित गर्न सबै लाग्नुपर्ने बताए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई थप प्रशिक्षित गर्दै लैजानु पर्ने उनले सुझाए ।

बैठकमा एमालेका नेता ओमबहादुर घर्तिमगरले तिनाउको पार्टी संगठनलाई बलियो र अग्रगामी बनाउन नियमित बैठक र व्यवस्थापनमा जोड दिए । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको विकासमा आफूहरु अहोरात्र खटिएको र पार्टीलाई थप उचाइँमा पुराउन लाग्ने बताए ।

कार्यक्रममा पार्टीका तिनाउ अध्यक्ष रोमबहादुर लम्तरी, ऐमानसिह चिदी,विकास अर्याल,कृष्ण पाण्डेय,तुलबहादुर सारु,दलबहादुर दर्लामी र गोमा भण्डारी,अमरबहादुर तरामू,सावित्रा राना,लक्ष्मण कुमाल,बि। बस्नेतले तिनाउमा पार्टीलाई अघि लैजान सबै सक्रिय हुने बताए । साथै गाउँ कमिटीले माघ महिनाभरि वडा अधिवेशन र फागुनमा गाउँ अधिवेशन गरिने निर्णय समेत गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation