
सैनामैना । सुनगाभा पब्लिक स्कुलले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट इङलिस स्कुलले हात पारेको छ । रुपन्देहीको सैनामैना–३ मा रहेको सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर परेर आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ४२ विधालयलाई पछि पार्दै एभरेष्ट इङलिस स्कुलले जित हासिल गरेको हो । एभरेष्ट इङलिस स्कुलले नगद १५ हजार शिल्ड र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा देवदह बुद्ध पब्लिक स्कुल द्वितीय, ग्रिन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुल तृतीय र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल सान्त्वना भएका छन् । द्वितीय हुने स्कुल देवदह बुद्ध पब्लिकले नगद १० हजार, तृतीय हुने स्कुल ग्रिन प्लान्ट बोर्डिङले नगद ५ हजर र सान्त्वना हुने सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले नगद ३ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्ला भरीबाट ४२ बिधालयले सहभागीता जनाएको प्रतियोगिताका संयोजक मनिष गौतमले जानकारी दिनुभयो । ४२ बिधालयबाट सेलेक्सन भएर आएका ६ वटा बिधालय एभरेष्ट इङलिस स्कुल, देवदह बुद्ध पब्लिक स्कुल, ग्रिन प्लान्ट बोर्डिङ स्कुल, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल, प्रभात इङलिस स्कुल र कालिका मानवज्ञान माध्यमिक बिधालय प्रतियोगितामा सहभागी भएका थिए । हाजिरी जवाफ प्रतियोगिता डिजिटल माध्यमबाट खेलाईएको थियोे ।
शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले हरेक विधालयले युग अनुकुल शिक्षा प्रदान गर्नुपर्ने जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित सुनगभा स्कुलले आगामी दिनमा पनि प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै परिवर्तित युग अनुकुल बालमैत्री शिक्षण सिकाई क्रियाकलापलाई अझ परिस्कृत गर्दै जानुपर्ने भनाई राख्नुभयो । हरेक ब्यक्तिको बिधार्थी जीवन महत्वपुर्ण समय भएकोले हरेक बिधार्थीले सुखद भविष्यको लागि बिधार्थी जिवनमा नै पुर्ण मेहनत गर्नुपर्ने प्रमुख बन्जाडेले बताउनु भयो ।
बिधालयको २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको बिधालयका प्रधानाध्यापक तिलब के।सीले बताउनु भयो । विधालाय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता तथा विधालयका सह(प्राचार्य कमलचन्द्र पौडेलको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो भने विधालयले भोलि मुलसमारोह भव्यताका साथ मनाउदै छ ।