कपिलवस्तुमा विभिन्न कारण बाट २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनी बस्ने १५ वर्षीय रमन यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

त्यस्तै कपिलवस्तुको महाराजगंजमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । महाराजगंज नगरपालिका–९ तेनुई बस्ने १० वर्षीय रजिन्द्र पासीको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation