थारुको परिवारलाई बैजलपुर युवा क्लवले गर्यो ८ हजार रुपैँया आर्थिक सहयोग

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको रकम मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने एक पिडित परिवारलाई सहयोग गरेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका बाणगंगा नगरपालिका २ बैजलपुर स्थित सहदेव थारुको परिवारलाई ८ हजार रुपैँया सहयोग गरेको हो ।

केहि समय पहिला हर्नियाँको अप्रेसन गरेका उनको आर्थिक अवस्था निक्कै कमजोर भएपछि अप्रेशन शुल्क समेत तिर्न सकेका थिएनन् । उनलाई केहि दिन पहिला बैजलपुरकै दुर्गा आमा समुहले पनि ५ हजार २५ रुपैँया सहयोग गरेको थियो ।

क्लबका प्रतिनिधि सुनिल श्रेष्ठले थारुको आर्थिक अवस्था कमजोर भएपछि युवाहरुले देउसी भैलोमा उठाएको रकम मध्येको केहि रकम सहयोग गरेको बताउनुभयो । सक्दो थारुलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation