८ औँ चन्द्रौटा महोत्सव : नवनियुक्त मन्त्री राणाले उद्घाटन गर्ने

 कपिलवस्तु । यहि पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको छ । बुधवार महोत्सव प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भब्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था चन्द्रोटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समिति संयोजक इश्वरी प्रसाद पाण्डेले बताउनुभयो । बुधवार सम्म करिब ९० प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ ।

“विकासको पुर्वाधार, आन्तरिक उत्पादन र उद्योग व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अहिले करिब १ लाख दर्शकहरुको उपस्थिती गराई करिब ५ करोडको आर्थिक कारेवार गर्ने लक्ष रहेको संयोजक पाण्डेले बताउनुभयो । उहाँका अनुसार महोत्सव प्रवेश शुल्क विद्यार्थीहरुको लागि ५० र अन्य सर्वसाधारणहरुको लागि ८० रुपैँया कायम गरिएकोछ । त्यस बाहेक क र ख वर्गका अपाङ्ग र ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई प्रवेश शुल्क नलाग्ने पनि उहाँले बताउनुभयो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राण) ले गर्ने पनि उहाँले बताउनुभयो । महोत्सवमा हरेक दिन १÷१ राष्ट्रिय कलाकारलाई बोलाउने र स्थानिय कलाकारहरुलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सव स्थलनमा राखिने जनाइएको छ । स्थानिय उत्पादनलाई प्राथमिकता दिदै कृषि प्रदर्शनीका स्टलहरुलाई निशुल्क गरिने पनि उहाँले बताउनुभाये ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation