कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै गएपछि अहिले नगरपालिका तातिएको हो ।
यसैबिच बाणगंगा नगरपालिका भित्र अहिले ६ सय छाडा पशुचौपायाको अल्पकालिन व्यवस्थापन गरिएको छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक तथा बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । नगर भित्रका विभिन्न ७ ठाउँमा गरेर ६ सय चौपायाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
नगर प्रवक्ता समेत रहनुभएका पौडेलले छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थान समितिले नगरभित्रका १० हजार घरमा पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेको पनि बताउनुभयो ।
अब दिर्घकालिन व्यवस्थापनका लगि नगरपालिका सङ्ग बजेट माग गर्ने जनाइएको छ । ठुलो सङ्ख्यामा छाड चौपाया रहेकोले भौतिक संरचना र जनशक्तिको लागि अवश्यक बजेट माग गर्ने पनि व्यवस्थापन समितिले बताएको छ ।