प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटमा कपिलवस्तुको शानदार जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताका लागि लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा कपिलवस्तुले रुपन्देहीलाई ६१ रनको फराकिलो जीत निकालेको छ । प्रदेश मै बलियो टीम मानिएको रुपन्देही माथी उसले शानदार जीत निकाल्दै प्रतियोगीतामा सशक्त दाबेदारी प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्दै ४२ दशमलव ३ ओबरमा कपिलवस्तुले ८ बिकेट गुमाउदै १ सय ६१ रन बनायो । प्रतिउत्तरमा उत्रेको रुपन्देही टिम ३० दशमलव १ बलमा सय रन बनाउदै अल आउट भयो । कपिलवस्तुका तर्फबाट मोहम्मद हुसेनले ६८ र गोबिन्द थारुले नट आउट ३२ रन बनाए । रुपन्देहीलाई सय रन मै समेटनका लागि कपिलवस्तुका मोहम्मद हुसेनले ४ विकेट लिए । यस्तै कपिलवस्तुका समसुल जमा खा र राज अग्रहरीले दुई दुई बिकेट लिए ।

रुपन्देहीका बिष्णु कटरियाले २८ र म्रिनल गुरुङले २५ रन बनाए । रुपन्देहीका बिष्णु कटरिया र संतोष यादवले दुई दुई विकेट लिएका थिए । कपिलवस्तुका मोहम्मद हुसेन मैन अफ द म्याच घोषत भए । बलियो टिम रुपन्देहीलाई जितेसंगै कपिलवस्तुका खेलार्ड उत्साही भएका छन । कपिलबस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले अब कपिलवस्तुका फाईनलमा पुग्ने र जित्ने बताए । उनले यो लयलाई कायम राख्न आग्रह गरे । भैरहवाको सिद्धार्थ रंगशालामा खेल भएको थियो । समुह ए मा कपिलवस्तु रुपन्देही, पाल्पा नवलपरासी छन ।

यस्तै समुह बी मा बाके बर्दिया र दाङ छन । आउँदो आइतबार कपिलवस्तुले नवलपरासी र सोमबार पाल्पा बिरुद्ध खेल्ने क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरेले बताए । उनले यो छनौट खेलमा बिजयी हुनु ऐतिहासिक भएको समेत बताए । छनौट प्रतियोगीता खेल पुस २२ सम्म चल्ने छ

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation