घरेलु कार्यालय बझाङद्धारा कृषकलाई आधुनिक मौरीघार वितरण

बझाङ । घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । धरेलु तथा साना उद्योग कार्यालय बझाङले केदारस्यू गाउँपालिका वडा नंम्बर १ का मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण गरेको हो । केदारस्यँ गाउँपालिका वडा नंम्बर १ भित्रका १५ जना मौरीपालक कृषकलाई घरेलु तथा साना उद्योग कार्यालय बझाङले मौरी गोला सहितको आधुनिक घार वितरण गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी दशरथ जब्रलले बताउनु भयो ।

शिनिबार घरेलु कार्यालय बझाङका प्रमुख खडक बोहराको अध्यक्षता तथा केदारस्यु गाउँपालिका अध्यक्ष गणेश बोहराको प्रमुख आथित्यतामा एक कार्यक्रम गर्दै वडा नं १ भित्रका मौरी पालक किसानलाई धुनीक मौरीको घार लगाएत मौरीजन्य सामाग्री वितरण गरिएको छ । साथै गरेर किसानहरुको भेलाबाट भगवती मौरी पालन कृषक समुह पनि गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाहराले सेकेको सिपलाई सदुपयोग गरी व्यवसायी करण गरेमा गाउँपालिकाको तर्फबाट मौरी पालक किसानलाई प्रत्साहन कार्यक्रम ल्याउन सकिने बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालयले मौरी पालक किुानलाई पौष ८ गतेबाट १४ गते सम्म ७ दिने तालिम पनि दिएको थियो ।

समापन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा घरेलु कार्यालयका प्रमुख खडक बोहराले सिकेको सिपको सदुपयोग गरी मौरीपालन पेशालाई आधुनिकरण गर्दै व्यसायीकरण गरेमा घरेलु कार्यालयको तर्फबाट विभिन्न प्रत्रिधिका अनुदान कार्यक्रममा समावेश गर्न सकिने बताउनु भयो । त्यस्तै ७ दिने मौरीपालिन तालिमको अनुगमन गर्दै कृर्षि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर बिष्टले मौरीपालन कृषकलाई प्रात्सहान गर्दै आगामी दिनमा कृर्षि ज्ञान केन्द्रले पनि आवस्यक सहयोग गर्ने बताउनु भयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation