
कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको परासीले कपिलवस्तुलाई ४७ ओभरमा २ सय १२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई कपिलवस्तुले ९ विकेटको क्षतिमा पुरा गरि दोस्रो जित हात पारेको हो । २ दिन अघि रुपन्देही जस्तो बलियो टिमालाई कपिलस्तुले ६१ रनले पराजित गरेको थियो ।