सरकारले रंगभेद गर्‍यो : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलमा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित क्षेत्र नतोडेको बताएका हुन् ।

उनले आफूहरूलाई कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला रु भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।

उनले मधेसी मूलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेकोसमेत बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मूलबाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौतीसमेत दिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation