सैनामैना वडा नं.४ ले दियो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

अनिता चौधरी, सैनामैना ।
विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न सैनामैनाका सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ४ ले आर्थिक वर्षको विनियोजित बजेटबाट पर्रोहा माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको हो ।

शैक्षिक सामाग्री वितरण गर्दै सैनामैना वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले विकासको प्रमुख सुचक नै शिक्षा रहेको बताउनुभयो । शिक्षाको विकास विना समृद्ध राष्ट्रको परिकल्पना गर्न नसिकने जिकिर गर्नुभयो । भोलीका राष्ट्र निर्माता बालबालिकालाई शिक्षामा अब्बल बनाएर गुणस्तरीय तथा जिवनउपयोगी शिक्षाको आवश्यकता औल्याउँदै वडा अध्यक्ष अधिकारीले मानविय नैतिक शिक्षाको विकासमा जोड दिनुभयो । उहाँले भन्नुभयो, बालबालिकाहरु शिक्षामा नजोडिनु शिक्षामा चासो नदिनु वा शिक्षामा अब्बल नहुदाँ समृद्ध राष्ट्र र समाज निर्माण हुन सक्दैन तसर्थ वडाले भौतिक निर्माणसँगसँगै मानविय विकासलाई प्राथामिता दिएको उहाँको भनाई छ । उहाँले सामुदायिक स्कूलमा अध्ययन गर्ने विद्याथीहरु विपन्नताका कारण विद्यार्थीहरुले लेख्ने, पढ्ने, कापी, कलम र पुस्तक बोक्ने झोलाको अभाव झेल्नु परेको भन्दै विद्यार्थीहरुको सहयोगका लागि वडाले विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेर शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो ।

स्टेशनरी सामाग्रीले विद्याथीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तार समेत बृद्धि हुने र यो कार्यक्रमले बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आफ्नो मुख्य ध्यान वडाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले आफ्ना मतहतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई वडा कार्यालयमार्फत वितरण गरिएको शैक्षिक पाठ्यसामाग्रीले अध्ययनमा सहयोग पुन्ने विश्वास व्यक्त गर्दै आफ्नो कार्यावधिभर निरन्तरता दिने समेत वडा अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

सामुदिक वन सैनामैना महासंघका अध्यक्ष गोपाल आचार्य, वृहस्पति सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, वडा सदस्य निर्माला बगाले, सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवाली, पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र शर्मा खरेल, पर्रोहा माध्यमिक विद्यालयका सह—प्रधानाध्यापक हरि प्रसाद भट्टराई लगायतले बोल्दै विद्यार्थीहरुलाई आवश्यक पर्ने पाठ्यसामाग्री उपलब्ध गराई विद्यार्थीहरुको भविष्य उज्ज्वल पर्ने कार्यमा वडा कार्यालयले गरेको सहयोग जनहितकारी हुने बताउनुभयो ।

पर्रोहा माध्यमिक विद्यालयमा कक्षा १ देखि १० कक्षासम्म तथा पर्रोहा बहुमुखी क्याम्पसमा पढ्ने ३० जना छात्रछात्राहरुलाई जनही एक प्याकेट कलम, १ दर्जन कपी र १ थान झोला वितरण गरिएको वडा सदस्य तेज नारायण सुवेदीले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमध्ये १ लाख बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको वडा सचिव हेमराज चौधरीले जानकारी गराउनुभयो ।
सैनामैना ४ को वडा कार्यालयमा सम्पन्न भएको कार्यक्रम वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता वडा सदस्य तेज नारायण सुवेदीको स्वागत तथा वडा सचिव हेमराज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation