सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लाखौ रुपैयाँ बराबरका अवैध कपडा बरामद

कृष्णनगर  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकवा बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर द्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको छ ।

सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation