भोलि देखि सगरहवामा कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुँदै

कपिलवस्तु । कपिलवस्तु जिल्ला पर्यटन प्रवर्द्धनको धेरै सम्भावना रहेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनु भएको छ । उहाँले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवर्द्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । वर्षौ सम्म पुरातत्व भन्दै बस्नु परेको भन्दै व्यवस्थित विकासको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

सोमबार देखि बुद्धकालिन ऐतिहासिक कपिलवस्तुको सगरहवामा हुन लागेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानियले सगरहवाको संरक्षमा सहयोग नपुर्याएको भए अहिले सगरहवा भरि बस्ती बसिसकेको हुने बताउनुभयो । अब सगरहवामा विभिन्न पार्कहरु निर्माण गर्न लागेको भन्दै सम्पुर्ण पक्षले सकारात्मक ढङ्ग बाट सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

No description available.

मुर्तिकला कार्यशालाको बारेमा जानकारी दिदै लुम्बिनी विकास कोसका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धीचरण) ले प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरिएको सगरहवाको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यशाला गर्न लागेको बताउनुभयो । सोम्बार २३ देखि माघ ८ गतेसम्म हुने १५ दिन लामो कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी र कपिलवस्तुको तिलौराकोट नजिकै भएपनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

No description available.

त्यस्तै लुम्बिनी विकास कोसका सदस्य सचिव सानुराजा साक्यले लुम्बिनी विकास कोसले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

No description available.

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख दिनेस्वर महतोले एक जना मुर्तिकारले एक जना सहयोगीका साथ बनाएका मुर्ति अध्यन अवलोकनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो । साथै जिल्लाकाको विकासमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउदै यसको प्रचार प्रसार गर्न उहाँले आग्रह गर्नु भयो ।

लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा मूर्तीकला कार्यशाला हुन लागेको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहार, वडा अध्यक्ष दिपक गुरुङ, मुर्तिकला कार्यशाला विज्ञ समिति पोम नारायण पोख्रेल, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन प्राचिन कपिलवस्तु बहुसंरकार मञ्चका उपाध्यक्ष लक्षमण बेल्वासेले गर्नु भएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation