
कपिलवस्तु । प्रगतिशिल पत्रकार संघ केन्द्रिय समिति बैठक कपिलवस्तुमा बस्ने भएको छ । आगामी माघ ५ र ६ गते देशभरका पत्रकारहरु गोरुसिंगेमा आयोजना हुने वैठकमा केन्द्रिय समितिका पदाधिकारीहरु उपस्थित हुने र विभिन्न छलफल सहित प्रशिक्षण, प्रेस स्वतन्त्रता विषयक अन्र्तक्रिया हुने जनाईएको छ ।
केन्द्रिय समितिको यस अगाडी भएको निणर्य अनुसार कपिलवस्तुमा कार्यक्रम सहित बैठक अहुन लागेको हो सजका लागि प्रगतिशिल पत्रकार संघ कपिलवस्तुको बैठक बसी विभिन्न पत्रकार विनोद परियारको संयोजकत्वमा विभिन्न व्यवस्थापन समिति चयन गरेको छ ।
जसमा नारायण प्रसाद भट्राई,शितल आचार्य,नवराज पौडेल, माधव भाट क्षेत्री, रिषर्व आचार्य लगाएत व्यवस्थापन समितिमा रहेका छन् । सो क्रममा कपिलवस्तुका महत्वपुणर् स्थानहरुको अध्ययन अवलोकन सहित पर्यटन प्रर्वद्धनका लागि प्रचार प्रसार समेत हुने जनाईएको छ ।