राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट ७ जनाको उम्मेदवारी

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो ।

महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी र सिंह कपिलवस्तु जिल्ला निवासी हुन् ।

त्यस्तै अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation