
काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । एफीएफ समूह ‘ए’ र आर्मी समूह ‘बी’ काे विजेता बनेकाे हाे ।
आज मङ्गलवार भएकाे खेलमा एपीएफले बाग्मती प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । एपीएफले पहिलाे सेट २५–७, दाेस्राे सेट २५–१८ र तेस्राे सेट २५–१३ ले जित्याे । यस्तै आजै भएकाे अर्काे खेलमा आर्मीले मधेस प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । आर्मीले पहिलाे सेट २५–२०, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–१४ ले जित्याे । एपीएफ र आर्मी यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए ।
यस्तै आजै भएकाे खेलमा काेशी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल पुलिस क्लब समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–११ ले जित्याे । प्रतियाेगितामा अहिले समूह ‘बी’ का गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेकाे छ । याे खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टाेलीकाे टुङ्गाे लाग्नेछ ।
नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।