निशुल्क सुगर र प्रेसर जाँचमा १५० बढि लाभान्वित

कपिलवस्तु । कपिलबस्तुको वाणगंगा ७ बनगाई स्थित प्रकृती फार्मेसीमा भएको निशुल्क सुगर र प्रेसर जाँच शिविरमा १५० बढि विरामी लाभान्वित भएका छन । लायन्स क्लब अफ कपिलबस्तु दिदिबहिनि, लायन्स क्लब अफ कपिलबस्तु, लियो कल्ब अफ कपिलबस्तुको संयुकंत आयोजना र प्रकृति फार्मेसी बनगाईको सहआयोजनामा भएको शिविरमा उक्त सङ्ख्यामा विरामीले चेकजाँच गराएको लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनि समुहकी अध्यक्ष रितु खनालले बताउनुभयो ।

उक्त कार्यक्रममा बनगाई, मोतिपुर, चप्परगाउँ लगायत वडा नं ७ र ८ का स्थानियले स्वास्थ्य परिक्षण गराएको अध्यक्ष रितु खनालले बताउनुभयो । वद्धवृद्धा, गर्भवति लगायत स्थानियहरुले निशुल्क सेवा लिन पाएको भन्दै खुसि ब्यक्त गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिन समुहका प्रतिनिधि, लायन्स क्लब अफ कपिलवस्तुका प्रतिनिधि, लियो क्लब अफ कपिलवस्तुका प्रतिनिधि, प्रकृती फार्मेसीका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation