कपिलवस्तु । कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं. १० का वडा कार्यालयले आफ्नो वडा भित्रको जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेका छन । बिगत केही दिन देखि शितलहर तथा हुस्सु ले गर्दा जाडो अत्याधिक बढेको बेला जाडो थेक्न सिरक पाउदा आफुहरु अत्यन्त खुसी भएको वडा नं. १० का सर्वसाधारणहरुको भनाई रहेको छ ।
जाडोमा घरका बुढा बुढी, गरिब, असहाय तथा जेष्ठ नागरिकहरुले सिरक पाउदा वडा अध्यक्ष संदिप पाण्डेलाई धन्यबाद दिदै सबैको अनुहारमा खुसीले रमाएका थिए । वडाको वार्षिक कार्यक्रम अनुसार वडामा जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सिरक वितरण गरिएको वडा अध्यक्ष संदिप पाण्डेले जानकारी गराएका छन ।
वडा भित्र गरिब, असहाय तथा जेष्ठ नागरिक पहिचान गरी २१९ जनालाई सिरक वितरण गरिएको तथा जेष्ठ नागरिक हाम्रा अभिभावक हुन उहाँहरुको सेवामा हाम्रो वडाको सम्पुर्ण टिम समर्पित रहेको अध्यक्ष पाण्डेले बताए ।