
कपिलवस्तु । नेपाल कम्युष्टि पार्टी (विप्लव) को भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सुकुमवासीको समस्या समाधान नगरेको भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुमबासीहरुले विरोध र्याली निकालेको नेपाल कम्युष्टि पार्टी पश्चिम कपिलवस्तुका सचिव विनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।
करिब ५ सय जना भन्दा बढी सुकुमबासीको सहभागितामा बृहत विरोध र्याली कार्यक्रम सम्पन्न भएको अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको प्रमुख तथा सुकुमवासी अगुवा खुमनसिंह परियारले जानकारी दिनुभयो ।
चन्द्रौटा खसि बजारबाट लिकालिएको र्याली ने वडा प्रहरी कार्यालय हुदै नगरपालिका कार्यालय समेत गएको थियो ।