
कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरले सहकारीले स्वरोजगरा र उत्पादनलाई वृद्धि गर्दै आर्थिक स्तर उकास्नुपर्ने बताउनुभएको छ । शेयर सदस्यहरुको बचतलाई उचित तरिकाले उत्पादनमुलक क्षेत्रमा लागानि गरेर राष्ट्रको अर्थतन्त्र माथि उठाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बुधवार अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ छेडामा रहेको सिमलपानी साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शेयर सदस्यहरुलाई कृषि मार्फत आत्मनिर्भर हुनका लागि सहकारीले सहजिकरण गर्न आवश्य रहेको उहाँले बताउनुभयो
त्यस्तै शितगंगा नगरपालिकाका संस्थापक मेयर सुर्य प्रसाद अधिकारीले आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भुमिका रहेको भन्दै नगरपालिकाले सहकारीको अनुगमन र नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्ग बहादुर वि.सी. ले यस क्षेत्रका महिलाहरुको आर्थिक अवस्था उकास्न सिमलपानी कृषि सहकारीको महत्पुर्ण भुमिका रहेको बताउनुभयो । आफुहरु सहकारी सङ्ग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उहाँले बताउनुभयो ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था बुटवलका प्रवन्धन गणेश भट्टराई, नरपानी कृषि सहकारीका प्रवन्धक सरस्वता आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा सोहि सहकारीकै भवन समेत शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य घिमिरेले भवनको शिलान्यास गर्नुभएको हो ।
सहकारीकी अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कृषि शाखा प्रमुख अनिल शर्मा, कृषि तथा पशु शाखा प्रमुख गणेश थापा, वडा सदस्यहरु, सहकारीका शेयर सदस्य, कर्मचारी, विभिन्न विद्यायका शिक्षक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिध लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहकारीकाी वरिष्ठ उपाध्यक्ष राधा पौडेलको स्वागत तथा सञ्चारकर्मी अनिता क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।