आर्या बजत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेस्रो पटक पनि घिमिरे

कपिलवस्तु । कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा तथा पाँचौ अधिबेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालका लागि युवा नेता प्रकाश घिमिरे निर्बिरोध निर्बाचित भएका छन ।

घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए । समितिको उपाध्यक्षमा युवा नेता अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन । त्यस्तैगरी सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन ।

संस्थाको लेखा समिती संयोजकमा अनिरुद्ध प्रसाद तिवारी र सदस्यमा त्रिबिक्रम जोशी, सन्दिप दुबे रहेका छन । यस्तै, ऋण समितीको संयोजकमा सहिद मुसलमान र सदस्यमा धिरेन्द्रराज उपाध्याय, राकेश पाण्डेय रहेका छन ।

तेश्रो कार्यकालका लागि निर्वाचित घिमिरेले आफुले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोशिस गरी र आफ्नो मनतनले यस ऋण सहकारी संस्थालाई अगाडि लैजाने बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation