बाणगंगा १० मा भएको निशुल्क आँखा स्वास्थ्य शिविरमामा ४१० जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० मा भएको निशुल्क आँखा स्वास्थ्य शिविरमा ४१० जनाले चेकजाँच गराएका छन । विहिविार पटना स्वास्थ्य चौकीमा भएको शिविर बाट ४१० जनाले जँच गराएकोमा ५० जनामा मोतियाबिन्दु फेला परेको बाणगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले बताउनुभयो ।

वडा अध्यक्ष पोख्रेलले मोतियाबिन्दु भएका ५० जनाको वडाले निशुल्क अप्रेशन गरिदिने पनि बताउनुभयो । वडावासीहरुलाई सरकार भएको अनुभुति दिलाउन वडाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

सेवा लिएपछि स्थानियहरुले निशुल्क शिविर सञ्चालन गरेको भन्दै वडा र अन्य संघ संस्थाहरुलाई धन्यवाद दिएका थिए ।

पटना स्वास्थ्य चौकीको आयोजना, बाणगंगा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग तथा बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा वडा सचिव सन्तोष चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानिय, स्वास्थ्य चौकीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा अध्यक्ष यम प्रसाद पौख्रेलको अध्यक्षता तथा पटना स्वास्थ्य चौकी प्रमुख परसुराम थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation