
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको मधौलिया वन उद्यान (लभपार्क) मा दिन स्व.पृथ्वीनारायण साहको शालिक, नेपालको नक्सा र झण्डा अनावरण गरिएको छ । पृथ्वी जयन्ती एवं रास्ट्रिय एकता दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अनावरण गर्नुभएको हो ।
अनावरण गर्दै प्रजिअ अर्यालले देशमा विभिन्न धर्म, समुदाय, वर्ग बिच विभिन्न बहानामा बढ्दै गैरहेको झैझगडालाई निर्मुल पार्नको लागि स्व.पृथ्वीनारायण साहका उपदेश महत्वपुर्ण रहेका बताउनुभयो । राष्ट्र निर्माण साहको योग्दानको उच्च रहेको बताउदै सबै जातजातिको साझा फुलबारि नेपालमा सबैको समान अधिकार रहेको बताउनु भयो । त्यस्तै उहाँले छोटो समयमा धेरै काम गरेको भन्दै पार्कले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विस्वास व्यक्त गर्नुभयो ।
उद्धानका अध्यक्ष खडानन्द गौतमले प्रतिवेदन प्रस्तुत गर्दै मधौलिया वनमा रहेको पार्कको सुरुवाती चरण देखि आएका समस्या र पछिलो समय उद्धानको विकासमा खेलिएको भुमिकाको बारेमा बताउनु भएको थियो । जिल्लाकै महत्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा विकास भैरहेको यस पार्कले अहिले ६ जनालाई प्रत्यक्ष रोजगार दिलाएको समेत उहाँले बताउनुभयो ।
समाजसेवी झबिलाल पोख्रेलले पृथ्वीनारायण साहले रास्ट्र निर्माणमा गरेको योगदानलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । विगतमा जस्तो अहिले देश प्रतिको माया र नैतिकता हराउदै गएको भन्दै उहाँले दुख समेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, वडा नम्बर ४ का पुर्व अध्यक्ष गणेस प्रसाद क्षेत्री, इलाका प्रहरी कार्यलय पिपराका प्रमुख र जिल्ला सशस्त्र प्रहरीका प्रमुख, समाज सेवी, बुद्धिजिवि, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार लेखनाथ घिमिरे, वनका सल्लाहकार प्रकाश भुसाल लगायतले बोल्नु भएको थियो । मधौलिया वन उद्यानका उपाध्यक्ष तुल्सि प्रसाद अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृष्ण पाण्डे ले गर्नु भएको थियो । पार्कमा मुर्ति निमाण गर्ने सचिन थापालाई सम्मान समेत गरिएको थियो ।