
कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक रास्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रिति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौं, मगर एकता कायम राखौं’ भन्ने मुल नाराका साथ माघ १ गते जनता मा.वि. को प्राङ्गणमा महोत्सव सञ्चालन हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
नेपाल मगर संघका केन्द्रिय सदस्य लक्ष्मी सारु मगरले धर्म संस्कृत र परम्परालाई जोगाउन यस्ता महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । देशमा युवा वर्ग पलायन भैरहेको समयमा युवा समुह नै आयोजक भएर महोत्सव सञ्चालन हुनु निक्कै उदाहरणीय रहेको उहाँले बतउनुभयो ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले हराउँदै गैरहेको धर्म संस्कृति र परम्परालाई उजागर गर्न यस्ता कार्यक्रम महत्वोपुर्ण सावित हुने बताउनुभयो । महत्त्वपूर्ण सम्पत्तिको रुपमा रहेका परम्परा र संस्कृतिलाई बचाउन वडा प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमको बारेमा जानकारी दिदै महोत्सव संयोजक किरण सिङ राना मगरले सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै आफुहरुले मगर माघे महोत्सव सञ्चालन गर्न लागेको बताउनुभयो । महोत्सवमा राष्ट्रिय गायक दिपक गरौँजा, गायिका वर्षा थापा र स्थानिय कलाकारहरुको बजेड प्रस्तुती रहने उहाँले बताउनुभयो । त्यस्तै महोत्सवमा १५ बढि स्टलहरु मगर समुदायका खानाका परिकारको लागि मात्र छुट्टाइएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल मगर संघका प्रदेश सदस्य विष्णु थापा मगरले विविधतामा एकता रहेको नेपाली समुदायलाई अझ प्रगाढ बनाउनको लागि यस्ता महोत्सवले विशेष भुमिका खेल्ने बताउनुभयो ।
प्रदेशमा मगरको संख्या रहेको बताउदै युवा पुस्तालाई यस्ता पर्वले सस्कृति बचाउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
पत्रकार सम्मेलनका अध्यक्ष तथा नेपाल मगर संघ बाणगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप थापा मगरले आयोजना हुन लागेको महोत्सवलाई सफल पार्न सम्पुर्ण पक्षलाई आह्वान गर्नुभयो । पहिलो पटक सञ्चालन गर्न लागेकोले केहि चुनौती रहेपनि आफुहरुले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने उहाँले बताउनुभयो । बताउनुभयो ।
नेपाल मगर संघ जिल्ला अध्यक्ष मोहन सिङ्जाली, मगर संघ बाणगंगा नगर समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी, पत्रकार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ बाणगंगा २ की सचिव चन्डिका सोमै मगरले गर्नुभएको थियो ।