सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

उपकार अनलाइन, सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्परले क्याम्पस सभा २०८० सम्पन्न गरेको छ । बुटवल पश्चिम कै शैक्षिक हवको रुपमा विकसित हुदै गएको क्याम्पसले सनिबार एक कायक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रुपन्देही निर्वाचन क्षेत्र न ५,का सासद बाशुदेव घिमिरेले क्याम्पसका सकारात्मक काममा आफनो पूण सहयोग सहयोग रहने बताउनु भयो । नेपालमा योजनाबद्ध तरिकाले बिकास कार्य अगाडी बढाउन नसक्दा समस्याहरु देखिएको बताउनुभयो शिक्षा क्षेत्रमा पनि कतै धेरै विद्यार्थी र कहि कम बिद्यार्थी सङ्ख्या हुनु यसैको उपज भएक बताउनुभयो ।

यस्तै सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्रबहादुर कार्कीले अब क्याम्पसले प्राविधिक विषयहरु पनि थप्दै जानुपर्ने बताउनु भयो | कार्यक्रममा बोल्ने सबैजसो वक्ताले विद्यार्थी दर वढाउदै नेपालमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो |कार्यक्रममा क्याम्पस प्रमुख हेम बहादुर थापाले क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो |

कार्यक्रममा उत्कृष्ट विद्यार्थी र पुर्व कार्यक्रममा क्याम्पस प्रमुख एवम् लामो समय योगदान दिनुभएका प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यार्थीका नृत्य गीत र कविताले कार्यक्रममा माधुरत्व थपेको थियो |
कार्यक्रम क्याम्पससञ्चालन समिति अध्यक्ष बालकृष्ण गैरेको अध्यक्षता ,रुपन्देही निर्वाचन क्षेत्र न पाचका सासद बाशुदेव घिमिरेको प्रमुख आतिथ्यता सञ्चालन समिति सदस्य कृष्ण पोखरेलको स्वागत एवम् सह प्राध्यापक प्रकाशमणि खनालको सहजीकरणमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation