मुटु रोगको उपचारमा बुद्धभुमिका सुनार लाई आर्थिक अभाव

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिका लिल बहादुर सुनार विगत २ महिना देखि मुटु रोग बाट ग्रसित भएका छन । मुटुको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि उनका बुबा धन बहादुर सुनारले अहिले आर्थिक सहयोगको अपिल गरेका छन ।

बुद्धभुमि नगरपालिका वडा नम्बर १ निवासी ३२ वर्षिय सुनारको मुटुको एउटा भल्भ ड्यामेज भएपछि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया गर्ने तयारी भएपनि आर्थिक अभाव भएको उनले बताएका छन । परिवारको आर्थिक अवस्था समेत अत्यन्त कमजोर भएपछि आफुलाई बचाउन उनले भक्कानिदै आग्रह गरे ।

सहयोगको लागि
मोबाईल नम्बर ९८२७२९०८५५
बैङ्क खाता नम्बर (एनएमबि) ०४४०२१८९३२९०००१५

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation