कपिलवस्तु । बाणगंगाको पिपरामा प्रथम रास्ट्रिय मगर माघे महोत्सव २०८० सम्पन्न भएको छ । माघे संक्रान्ति अर्थात माघि पर्व को अवसरमा आयोजित १ दिने मगर माघे महोत्सव सम्पन्न भएको हो । महोत्सव नेपाल मगर संघ बाणगंगा नगरपालिका वडा नम्बर २ को अयोजना तथा अन्य विभिन्न संघ संस्थाको सहआयोजनामा सम्पन्न भएको हो ।
महोत्सवको उद्घाटन गर्दै बाणगङ्गा नगरपालिका मेयर चक्रपाणी अर्यालले मासिदै गैरहेका हाम्रा भाष, भेषभुषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्न आवश्यक रहेको बताउनुभएको छ । पश्चिमाहरुको नक्कल गर्दा हाम्रा मौलिक धर्म, संस्कृति र परम्परा मासिदै गैरहेको भन्दै बचाउन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाल विविध धर्म, संस्कृति र परम्पराका मानिसहरुको थलो भएकाले नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन पनि यस्ता महोत्सवले महत्पुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । मेयर अर्यालले नगरपालिकाले पनि यहाँका हरेक समुदायका धर्म, संस्कृति, भाष, भेषभुषा र परम्परलाई जोगाउन विभिन्न योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
महोत्सवका अध्यक्ष तथा नेपाल मगर संघ बाणगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रदिप थापा मगरले महोत्सवलाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिने बताउनुभायो ।
महोत्सवको उद्घाटन सत्रमा बाणगंगा नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, बाणगंगा नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी सुरक्षाकर्मी लगायत मगर तथा अन्य समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महोत्सवमा राष्ट्रिय गायक दिपक गरौँजा, गायिका वर्षा थापा र स्थानिय कलाकारहरुको बजेड प्रस्तुती रहेको थियो । १ दिने मगर माघे महोत्सव कार्यक्रम संयोजक किरण सिङ रानाको स्वागत तथा सञ्चारकर्मी मिना गाहा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।