दाङमा एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू–भान्जाको शव फेला

दाङ । तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ को सानो बखरिया स्थित शिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टा छुट्टै हाँगामा माइजू –भान्जा मृत भेटिएका छन ।

झुण्डिएको अवस्थामा एक महिला र युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका ३ गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी करिब ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जनाएको छ । मृतक बसन्ती विवाहित हुन । उनका श्रीमानले केही दिन अघि मात्रै श्रीमती हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए ।

बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरूको शव सडेको अवस्थामा फेला परेको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation