सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब यात्रा : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ।

बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको हो।

जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने बताइएको छ। पार्टीका सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भुमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताए।

स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताए। आयोजना स्थलमा निर्माण व्यवसायी, आयोजना प्रमुखसँग बसेर आयोजना निर्माणको गति बढाउन अन्तरक्रिया सहजीकरण गर्ने योजना रहेको प्रवक्ता बुर्लाकोटीले बताए। दबाब यात्रा शुरु गर्ने टोली र समयबारे अर्को बैठकले निर्णय गर्नै सहप्रवक्ता बुर्लाकोटीले बताए।

रास्वपाले टनकपुर रिङरोडदेखि रवि राँके सडकसम्म २७ वटा आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation