राम मन्दिरको उद्घाटनका दिन कपिलवस्तुका दुई पालिकामा स्थानिय विदा

कपिलवस्तु । छिमेकी राष्ट्र भारतको अयोध्यामा बनेको राम मन्दिरको उद्घाटन हुने दिन कपिलवस्तुका २ पालिकामा स्थानिय विदा दिइएको छ । उद्घाटन हुने दिन माघ ८ गते जिल्लाको शुद्धोधन गाउँपालिका र कृष्णनगर नगरपालिकामा स्थानिय विदा दिएको एक सुचना मार्फत जनाएका छन ।

उक्त दिन पालिका सहित वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अतिआवश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको हो ।

त्यस्तै उक्त दिन यहाँका बासिन्दाहरुद्वारा विभिन्न गाउँठाउँमा राम जानकी मन्दिरमा भगवान रामको पूजा प्रतिष्ठा गर्ने कार्यक्रम रहेकोले पालिका क्षेत्र भित्र कुनै पनि पशुपंक्षी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको विक्री वितरण लगायतका कार्यहरु नगर्न पनि पालिकाले आग्रह गरेका छन ।

No description available.

No description available.

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation