जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

उपकार अनलाईन, सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म विदा दिने बताएका हुन् ।

लगातार रुपमा बढ्दै गहिरहेको चिसो र सितलहरको कारणले दैनिक जनजीवन कष्ठकर हुदै गहिरहेको अवस्थामा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असरपरी पठनपाठनमा असहजता देखिएकोले हिउँदे बिदावाट कट्टी हुनेगरी मिति २०८०/१०/०८ गते देखी २०८०/१०/१० गतेसम्म सैनामैना नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ सुचनामा लेखिएको छ ।

May be an image of text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation