राम मन्दिरको उद्घाटनका दिन कपिलवस्तुका ८ पालिकामा स्थानिय विदा

कपिलवस्तु । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका ८ पालिकाहरुले स्थानिय विदा घोषणा गरेका छन् ।

कपिलवस्तुका कपिलवस्तु, शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका तथा शुद्धोधन, विजयनगर, मायादेवी र यशोधरा गाउंपालिकाले सोमबार माघ ८ गते स्थानीय विदा घोषणा गरेका हुन् ।

रामसँग नेपालकी छोरी सीताको विवाह भएकाले उक्त दिप दीप प्रज्ज्वलन गर्न समेत अनुरोध गरेका छन् । उक्त दिन नगरपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्था (अति आवश्यक वाहेक) बन्द गर्न कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै उक्त दिन यहाँका बासिन्दाहरुद्वारा विभिन्न गाउँठाउँमा राम जानकी मन्दिरमा भगवान रामको पूजा प्रतिष्ठा गर्ने कार्यक्रम रहेकोले पालिका क्षेत्र भित्र कुनै पनि पशुपंक्षी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको विक्री वितरण लगायतका कार्यहरु नगर्न पनि पालिकाले आग्रह गरेका छन ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation