
कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुको सञ्चालक समिति अध्यक्षमा ओम बहादुर न्यौपाने चयन हुनुभएको छ । आईतबार भएको आठौँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा धन बहादुर जि.सी, सचिवमा नहकुल शाही, सहसचिवमा हरि न्यौपाने, कोषाध्यक्षमा यम बहादुर जि.सी. चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नाम बहादुर के.सी, कृष्ण गैरे, टिका अधिकारी, विष्णुमाया क्षेत्री, लक्ष्मी घिमिरे, मधुकला भट्टराई, नारायण थापा र हरि पुन चयन हुनुभएको नवनिर्वाचित सचिव नहकुल शाहीले बताउनुभयो ।