शान्ती दिपद्धारा आयोजित सेभेन–ए साइड फुटवल प्रतियोगिताको उपाधि पिपराले जित्यो

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ मा रहेको शान्ती दिप युवा क्लवद्धारा आयोजित सेभेन–ए साइड खुल्ला फुटवल प्रतियोगिताको उपाधि पिपराले जितेको छ ।

आइतबार बाणगंगा ४ ढुगंवा खेल मैदानमा भएको फाइनल खेलमा बाणगंगा २ पिपराले बाणगंगा ४ गजेहडालाई ४/२ गोलले हराएको हो । समान २/२ गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थिया जसमा पिपराले ४/२ गोलले गजेहडालाई हराएको हो । फुटवल प्रतियोगितामा बिजेता हुदैँ पिपराले रु २५ हजार नगद शिल्ड र मेडल पाएको छ भने उपबिजेता भएको गजेहडा रु १५ हजार शिल्ड र मेडल पाएको खेल संयोजक ओमकार मल्लले जानकारी दिए । बाणगंगा नगरपालिका र बाणगंगा नगरपालिका वडा नः ४को आर्थिक सहयोगमा भएको प्रतियोगितामा १८ समुहको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिको प्रमुख आथित्यता, अखिल नेपाल फुटवल सघं लुम्बिनि प्रदेशका उपाध्यक्ष शक्ति सिहं ठकुरी र बाणगंगा नगरपालिका वडा नः ४ का वडाध्यक्षको बिशिष्ठ आथित्यतामा भएको कार्यक्रम वडासदस्यहरु समाजसेवि लगायतको आथित्यता रहेका गणेशमान खत्रीले जानकारी दिए ।

कृष्ण पौडेलको सञ्चालनमा भएको कार्यक्रम शान्ती दिप युवा क्लवका अध्यक्ष सुशिल सिंह ठकुरी(गणेश)को अध्यक्षतामा कार्यक्रम सम्पन्ँन भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation