
उपकार अनलाईन, कपिलवस्तु ।
यही माघ २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन हुने भएसँगै उम्मेद्वारी घोषणाको क्रम पनि बढ्दै गएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको हो ।
यसै क्रममा कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सम्मै पुग्ने गरि लक्ष्मण कंडेल नेतृत्वको टिम घोषण भएको छ । जसमा लक्ष्मण कंडेल अध्यक्षको उम्मेद्वार हुन । त्यस्तै महिला उपाध्यक्ष सरस्वती सुवेदी जि सि, उधोग उपाध्यक्षमा देबिलाल कंडेल, बस्तुगत उपाध्यक्षमा ज्ञान बहादुर थापा, महासचिवमा बुद्दी सागर बेल्बासे, कोषाध्यक्षमा सरोज रेग्मी लगायतको उम्मेद्वारी टुग्यार्ईएको छ । अन्य पदको लागि गृहकार्य भईरहेको स्वतन्त्र टिमले जनाएको छ । सकेसम्म क्षेत्रगत रुपमा व्यवसायिको हितको लागि उम्मेद्वारहरुको पहल भएको जनाईएको छ ।