उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन

 बझाङ । आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन अभियान सञ्चालन गरीएको छ । यहि माघ १ गते सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी हुदा करौडौको क्षती भएको भन्दै आज बाट उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितका लागी आर्थिक सहयोग संकलन अभियान सुरू गरेको हो ।

यस्तो बिपत जोकोहि लाइ पनि आउन सक्ने भएकाले सक्दो आर्थिक सहयोग गरीदिन उद्योग बाणिज्य सँघका अध्यक्ष दान बहादुर सुर्मेलीले अनुरोध गर्नुभयो । आज पहिलो दिन सदुमुकाम चैनपुरमा रहेका ब्यापारीहरुबाट १ लाख ५८ हजार नगद संकलन गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो ।

माघ १ गते दिउँसो करिब एक वजेको समयमा सदरमुकाम चैनपुरमा रहेको बिरेन्द्र सिंह व्याँसीको जंग बहादुर स्टोरमा आगलागी हुँदा करोडौको क्षती भएको थियो

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation