माघ २५ गतेबाट सैनामैनामा भड्छा मेला आयोजना हुने

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला मानिने ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १३ औं संस्करणको रुपमा शुरु हुने भएको छ । सैनामैना नगरपालिकाको संरक्षक तथा भड्छा गाँउ समाज सैनामैना नगरपालिकाको वडा नं. ८ को आयोजनामा माघेऔंसीको अवसर पारेर भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला २०८० आयोजना हुने भएको हो ।

यस वर्षको भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला माघ २५, २६ र २७ गते सैनामैना ८ भड्छामा मेला संचालन गरिने आयोजकले जनाएको छ । ‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्षमा जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्य सहित मेला आयोजना गरिएको छ ।

३ दिन सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम हुने भड्छा गाउँ समाज तथा मेला सञ्चालन मुल समिति अध्यक्ष बुद्धिराम चौधरीले उपकार अनलाइनलाई जानकारी गराउनु भयो । मेलामा वडा स्तरिय झुमडा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा थारु परिकारका स्टलहरु साथै विबिध सास्कृतिक कार्यक्रम रहने छ ।

No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation