
सैनामैना । रुपन्देही जिल्लाको बुटवलमा “परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र ” मुल नारा बोकेर सामाजिक क्षेत्रमा निरन्तर अघि बढिरहेको संस्था नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा नेपालमा लैंगिक यौनिक अल्पसंख्यक समुदायः बिगत, वर्तमान र भविष्य शीर्षकमा कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ युवा भाग २ एक अन्तरकृयात्मक कार्यक्रम थियो जस कार्यक्रममा नयाँ युवा नयाँ सोच नेपालको लुम्बिनी प्रदेश बाट कार्यक्रम संयोजकको भुमिकामा जुना परियारले सहजकर्ताको भुमिका अब्बल रुपले निर्वाह गर्नु भएको थियो। जुना परियारका अनुसार यो कार्यक्रमको जमर्को लैंगिक यौनिक अल्पसंख्यक समुदायको हक हितका लागि थियो र केहि हदसम्म यसले सार्थकता पनि पाएको महसुस समेत बताउनु भयो।
LGBTIQ comunity का हरेक व्यक्तिले आफ्नो पहिचान खुलेर अगाडि भन्न सकोस भन्ने कुरामा उहाँको जोड छ।
नयाँ युवा नयाँ सोच नेपालकी सक्रिय सदस्य अस्मी खड्काका अनुसार LGBTIQA कम्युनिटीका लागि कानुनले संरक्षण दिएता पनि ब्यवहारमा भने बिगतमा खासै राम्रो नरहेको र बर्तमानमा भने केही हद सम्म पहल र लागु हुने अवस्थामा रहेको जानकारी गराउनु भएको थियो ्र उक्त कुरामा कार्यक्रमका केन्द्रबिदु स्वयं आनिक राना मगर र रेशम न्यौपानेले समेत समर्थन जनाउनु भएको थियो ।
कार्यक्रमको पेपर प्रस्तुतकर्ता बिनोद खत्री९मिलन० ले बिगत, बर्तमान र हुनु पर्ने भविष्य छर्लङ्ग पारिदिनु भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाहरु जस्ले LGBTIQA comunity का लागि आवाज उठायो र हक दिलाउन सबल भुमिका निर्वाह गर्यो त्यस किसिमका निल हिरा समाज,तथा साहासिक कदम नेपाल जस्ता संस्था को केहि काम समेत पेपर मार्फत प्रस्तुत गर्नु भयो।
नयाँ युवा नयाँ सोच नेपालले नेपालको संविधान,ऐन तथा कानुनका धारा र दफामा ब्यवस्था गरे अनुरुप लैंगिक यौनिक अल्पसंख्यक समुदायका मानिसहरूको अवस्था र ब्यबस्थामा व्यवहारिक रुपमा भने खासै परिवर्तन नआएको र यसका लागि नयाँ युवा हरुले पुरातन सोँच बिचारलाई त्यागेर कुरितिहरुलाई नाघेर अब आवाज उठाउने मात्र हैन हरेक सामाजिक सँघ सस्थाहरुका माध्यमबाट पहल र ब्यवहारमा समेत लागु गर्न आवश्यक छ ।
ब्रम्हाण्डमा भएका प्राणीहरु मध्ये मानव एक विवेकशिल प्राणी हो र मानवले मानवलाई लैंगिक होस या जातिय या अन्य कुनै पनि कुरालाई आधार मानेर बिभेद गर्नु जघन्य अपराध भएको कार्यक्रमको सार थियो । हामीले लैंगिक यौनिक अल्पसंख्यक समुदायको पिडा र जरजर अवस्थालाई नजिकबाट नियाल्न र बुझ्न यो कार्यक्रम गरिएको नयाँ युवा नयाँ सोच नेपालका लुम्बिनी प्रदेश संयोजक सुनिल पौडेलले बताउनुभयो । नयाँ युवा नयाँ सोच नेपालले महिला, बालबालिका, पिछडा वर्ग तथा कानुनि क्षेत्रलाई समेटेर देशै भरि सभ्य र भव्य रुपमा सैद्धान्तिक एवं व्यवहारिक दुबै बिषयमा आधारित रहेर कार्यक्रमहरु सफल रुपमा धेरै कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।
कार्यक्रमस् नयाँ युवाः २ “नेपालमा लैंगिक यौनिक अल्पसंख्यक समुदाय : बिगत बर्तमान र भविष्य ” कार्यक्रम एकदमै समय र परिस्थिति सँग मिल्दो र ीन्द्यत्क्ष्त्तब् अयmगलष्तथ को बिगत, बर्तमान र भविष्य छर्लङ्ग पार्न सक्ने भएकाले यसै समुदायका बिशिष्ट व्यक्तिहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको हो ।